अर्थ/वाणिज्य

कञ्चनपुरमा ईभी स्कुटीका स्वरुम हुदाहुँदै फेरी तस्करी !

कञ्चनपुर । कञ्चनपुरमा ईलेक्ट्रोनिक स्कुटीका स्वरुम हुँदाहुँदै फेरी भारतबाट गैर कानूनी रुपमा चोरी तस्करी भईरहेको छ । जिल्लाको महेन्द्रनगर सहितका विभिन्न बजारमा ईभी स्कुटर बिक्रि केन्द्र हुँदाहुँदै पनि भारतबाट तस्करी भईरहेको हो । विगतमा ईभी स्कुटर बिक्रि केन्द्र नहुँदा भारतबाट गैर कानूनी रुपमा तस्करी हुँदै आएको थिए ।

अहिले भएपनि भईरहेकै छन । भारतीय बजार बनबासाबाट एक स्कुटी महेन्द्रनगर तर्फ ल्याउने क्रममा सशस्त्र प्रहरीले गड्डाचौकीमा बरामद गरेको छ । भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरी नायक उपरीक्षक(सई) चुनराज थापा नेतृत्वको सशस्त्र प्रहरीको टोलीले एक स्कुटी बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गण कञ्चनपुरका इन्चार्ज सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेम प्रकास सिग्देलले गैर कानूनी रुपमा तस्करी भईरहेको उक्त स्कुटी बरामद गरिएको बताए । झण्डै डेढ लाख बराबर मुल्यको उक्त स्कुटी बरामद गरेर भन्सार चलान गरिएको छ ।

यस अघि शसस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानबाट दर्शनौँ स्कुटी बरामद गरेको थियो । स्कुटीसंगै एकै दिन सशस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लाखौँका समान बरामद गरेर भन्सार चलान गरेको छ । भारतीय मुल्य बराबरमै स्वदेशमै कानूनी रुपमा स्कुटी पाईने भएपनि भारतबाट जोखिम मोलेर ईभी स्कुटी नेपाल ल्याउने काम नगर्न स्थानीय प्रशासनले नागरिकमा समेत पटक पटक सचेत गराएको छ । कानुन सम्वत रुपमा नेपालमै रहेका स्वरुमबाट स्कुटी खरिदका लागि आब्हान गरिएको छ ।

प्रतिकृया दिनुहोस