स्थानीय खबर
गणेश सामुदायिक वनको २६ औँ बार्षिक साधारण सभा
कञ्चनपुर । कञ्चनपुरको उत्तरी भेग चुरे फेदमा रहेको एक सामुदायिक वन उपभोक्ता समुहको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका विच बेदकोट नगरपालिका ६मुसेपानीमा रहेको गणेश सामुदायिक वन उपभोक्ता समुहको २६औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त बार्षिक साधारण सभामा गणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष किशन सिह भण्डारीले गत विगतदेखि सामुदायिक वन सरक्षणदेखि उपभोक्ताहरुलाई वन पैदावार सहज उपलब्ध गराउने काम भएको बताए ।
अध्यक्ष भण्डारीका अनुसार गत आर्थिक बर्षमा थुप्रै सरक्षणका कार्यक्रम भएका छन । भने, आगामी आगामी बर्षमा समेत सरक्षणका कार्यक्रम हुने बताए । अतिक्रमणको उच्च जोखिममा रहेको समुदायिक वन सरक्षणका लागि नागरिकदेखि सरकारी निकाय सकृय रहेको बताउँदै उनले संयुक्त साझेदारीमा वन सरक्षणका कार्यक्रम संचालन भएको बताए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका अध्यक्ष भण्डारीले २२एजेण्डा साधारण सभाबाट पारित भएका छन ।
चालु आर्थिक बर्ष ०८३÷०८४मा बार्षिक कार्यक्रम योजना अनुमोदन गरिएके छ । खेल मैदान निर्माण, तारबार निर्माण, अग्नी रेखा निर्माण, पिकनिक स्र्पोट निर्माण, बन्यजन्तु राहत कोष, चुरे क्षेत्रमा बन्यजन्तुका लागि पानी व्यवस्थापनका लागि पोखरी निर्माण, बृक्षारोपण, मुसेपानी स्वास्थ संस्थालाई सहयोग, सरकारले तोकेका प्राणघातक रोग लागेका बिरामीलाई उपचार सहयोग, सोलार जडान स्थानीय मठ मन्दिरदेखि सामुदायिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिनेछ ।
अध्यक्ष भण्डारीले क्षेत्र विस्तार गर्दै थप उपभोक्ताहरुलाई सेवा विस्तार बताए । कार्यक्रममा चालु आर्थिक बर्ष ०८३÷०८४को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनका कोषाध्यक्ष रामसिह धामीले सामुदायिक वनको संस्थागत बृद्धि विकासदेखि सामुदायिक, उपभोक्ताका हितमुखी कार्यक्रम संचालन हुने बताए ।
एक करोड, १७लाख, ५० हजार बराबरको बजेट प्रस्तुत गर्दै उनले सामुदायिक वन सरक्षणका आगलागीबाट वन सरक्षणका लागि अग्नी रेखा निर्माण, नमुना नर्सरी, चरिचरन नियन्त्रण, फेरी जेहेन्दार विद्यार्थी छात्रबृति, धार्मिक मठमन्दर सरक्षण, चौतारो मर्मत, बन्यजन्तु राहत कोष, खेल मैदान निर्माण, सचेतनामुलक कार्यक्रम, सीप विकास तालिम, एकल महिला आत्मनिर्भर, पर्यटन, ईन्डेक्स चुुलो विस्तार लगायतका कार्यक्रम संचालन गरिनेछन ।
लेखा समितिका सयोजक जयदेव बडूले गत आर्थिक बर्ष ०८२÷०८३ मा ८७लाख, ७५हजार, ६सय ५रुपैया बराबरको बजेट प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक बडूले सामुदायिक वनबाट थुप्रै कार्यक्रम संचालन भएको बताए । कार्यक्रममा स्थानीयदेखि सरोकारवालाहरुले गणेश सामुदायिक वन सरक्षणतर्फ उन्मुख मात्रै नभई नागरिक सामुदायमैत्री कार्यक्रम भएको बताएका छन । स्थानीय समाजसेवी प्रेम बमले समुदायले वन सरक्षणका लागि नागरिक स्तरबाट समेत सहयोग सद्भाव आवश्यक रहेको औल्याए ।
ब्रम्हदेब सव डिभिजन वन कार्यालयका प्रमुख रणेन्द्र सिहले गणेश सामुदायिक वनले वन पर्यावरण सरक्षणमा टेवा पु¥याएको बताए । छिमेकी बच्छेला सामुदायिक वनका अध्यक्ष विष्णू नेपालीले सामुदायिक वनमाथि प्रदेश सरकारले करमाथि कर थुपार्ने मात्रै काम गरेको तर सुविधा नभएको दुखेसो पोखे उनले सामुदायिक वनमाथि अनाधिकृत करदेखिमा थार नथाप्न आग्रह गरेका छन । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले उजाड भएको वनलाई अहिले हराभरा बनाईएको बताए ।
उनले सामुदायिक वन सरक्षणका लागि नेतृत्व, पदाधिकारी सिङ्गो टिमको मेहनतको प्रतिफल भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरपालिका ६का वडाध्यक्ष तुलसी रानाले सामुदायिक वनले सरक्षणमा अतुलनिय काम गरेको बताए । उनले वडाबाट सामुदायिक वनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । सरक्षणकर्मी दुर्गादत्त जोशीले सचालन गरेको कार्यक्रममा सरक्षणकर्मीदेखिका सरोकारवालाको सहभागिता रहेको थियो ।