स्थानीय खबर

जेनजी आन्दोलनले पनि सुप प्रदेश सरकारको चेत खुलेन ः जप्रेल

कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य एव युवा अभियन्ता प्रकास जप्रेलले सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षमा ल्याएको बजेट अनुत्पादक क्षेत्रमा लगानी गरेको टिप्पणी गरेका छन । 

पुर्व विद्यार्थी नेता समेत रहेका नेकपा केन्द्रीय सदस्य जप्रेलले चालु आर्थिक बर्ष ०८३÷०८४मा प्रदेश सरकारले चालु आर्थिक बर्षमा ल्याएको बजेट अनुत्पादक क्षेत्रमा लगानी गरेको टिप्पणी गरेका हुन । समाजिक सञ्जाल मार्फत जप्रेलले जेनजी आन्दोलनपछि पनि सुप प्रदेश सरकारको चेत नखुलेको बताउँदै अनुत्पादक क्षेत्रमा बजेट छर्ने, टुक्रे योजना बनाएर कमिसनखोरलाई पोस्ने र राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। यस्तो बजेट तत्काल खारेज गरी उत्पादनमुखी क्षेत्रमा पुनः विनियोजन गरियोस्। अन्यथा, जनताको आवाजलाई बेवास्ता गर्ने सरकारले फेरि अर्को जेनजी विद्रोहको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। आखिर, सरकार जनताका लागि हो कि कमिसनखोरका लागि?भन्दै प्रशन गरेका छन । 

प्रतिकृया दिनुहोस